रवि लामेछाने भारत जानुअघि अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल आउँदै

bmn.news

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारी भइरहेका बेला अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल आउन लागेकी छन्। उनी जेठ १६ गते तीन दिने भ्रमणका लागि काठमाडौं आउन लागेकी हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा। स्वर्णिम बाग्ले लगायत उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।

यसअघि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी विशेष दूत सर्जियो गोरले पनि नेपाल भ्रमण गरेका थिए।


प्रतिक्रिया