काठमाण्डाै । एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा आर्मीले पुलिसलाई १–० गोलले हरायो ।
यो जीतसँगै आर्मी ६ खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । पुलिस ६ खेलमा १० अङ्कसहित तेस्रो स्थानमा छ ।
प्रतियोगितामा आर्मी, पुलिससहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब, बाग्मती युथ क्लब र स्याङ्जाको वालिङ नगरपालिका छन् । लिगको पहिलो चरणपछि ५ वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका हुन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको एन्फा महिला लिग माघ १६ गतेसम्म चल्नेछ ।
५ माघ २०८१, शुक्रबार १२:२५ मा प्रकाशित