इंग्लिस प्रिमियर लिगमा इप्सविच टाउनलाई हराउँदै म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लियो

काठमाण्डौ  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले इप्सविच टाउनलाई ६–० को फराकिलो अन्तरले हराएको छ । गएराति भएको खेलमा इप्सविच टाउनलाई पराजित गर्दै म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ ।

अङ्क तालिकामा म्यानचेस्टर सिटीको २२ खेलमा ३८ अङ्क भएको छ । यस्तै १८ औं स्थानको इप्सविच टाउनको समान खेलमा १६ अङ्क छ । यस्तै हिजोको अर्को खेलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई ३–२ गोलले हराएको छ ।

नटिङ्घम फरेस्ट २२ खेलमा ४४ अङ्कसहित तेस्रो स्थानमा रहँदा समान खेल खेलेको साउथह्याम्पटन भने ६ अङ्कका साथ पुछारमा छ । प्रिमियर लिगमा २१ खेलमा ५० अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा २२ खेलमा ४४ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ । 

प्रतिक्रिया