काठमाडौँ:- सरकारले कर्णाली प्रदेशका स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने घोषणा गरेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले राष्ट्रिय सभामा बोल्दै चालु आर्थिक वर्षमै सडक स्तरोन्नतिका लागि डीपीआर र लागत अनुमान तयार गरी काम सुरु गरिने बताए।
उनले कर्णालीका सडक र पुल निर्माणलाई प्राथमिकतामा राखिएको भन्दै पहिरो नियन्त्रणका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको जानकारी दिए।
मन्त्री लम्सालले सडक सञ्जाल नपुगेका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्याउने तथा उत्तरी चिनियाँ सीमासम्म सडक विस्तार गर्ने कामलाई पनि अघि बढाइने बताए।
२४ असार २०८३, मङ्गलबार ०२:५८ मा प्रकाशित