रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत गरिने

bmn.news

काठमाडौं ;-  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रथम महाधिवेशनमा ‘वरिष्ठ नेता’ पदमा निर्वाचन नगर्ने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकले उक्त पदमा सर्वसम्मत चयन हुने व्यवस्था गर्ने निर्णय गरेको हो।

पार्टी स्रोतका अनुसार विधान संशोधन प्रस्तावमार्फत ‘वरिष्ठ नेता’ पद औपचारिक रूपमा समावेश गरिनेछ। उक्त पद कार्यकारी नहुने र स्वतः सर्वसम्मत आधारमा चयन हुने व्यवस्था गरिने बताइएको छ।

यसअघि बालेन शाह समूह रास्वपामा समाहित भएपछि उनलाई सभापति रवि लामिछानेपछिको वरीयतामा राख्दै ‘वरिष्ठ नेता’ पद सिर्जना गरिएको थियो। अब उक्त पदलाई विधानमै समेट्ने तयारी गरिएको छ।

त्यसैगरी, महाधिवेशनपछि पार्टी संरचनामा पनि विस्तार गरिने भएको छ। सचिवालय सदस्य संख्या २५ बाट बढाएर ३३ पुर्‍याइने निर्णय गरिएको छ।

त्यसैगरी, केन्द्रीय पदाधिकारी संख्या १३ बाट १९, केन्द्रीय सदस्य संख्या १२९ बाट १५८ ९सातै प्रदेश समेट्ने गरी० पुर्‍याइनेछ भने सभापतिले मनोनित गर्ने केन्द्रीय सदस्य संख्या ५१ कायम गरिनेछ।

प्रतिक्रिया