काठमाण्डाै । एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई फराकिलो अन्तरले हराएको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा आर्मीले वालिङलाई १२–० गोलले हरायो । पहिलो हाफमा ४ गोल गरेको आर्मीले दोस्रो हाफमा ८ गोल थप्यो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।
दोस्रो चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ । दोस्रो चरणमा आर्मी, वालिङसहित नेपाल पुलिस क्लब, बाग्मती युथ क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पुगेका छन् ।
२६ पुस २०८१, बिहिबार ०२:०७ मा प्रकाशित