काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार ( हिजो ) पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो । आज चाँदी पनि आइतबारकै मूल्यमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।
२३ पुस २०८१, सोमबार ०७:२५ मा प्रकाशित