सुन एकैदिन तोलामा रु ३ हजार ६०० घट्यो

bmn.news

काठमाडौँ;- स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम बुधबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ३ हजार ६०० ले घटेर रु २ लाख ८३ हजार ५०० कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला रु १०५ ले घट्दै रु ४ हजार ४८५ निर्धारण गरिएको छ।

मङ्गलबार सुन प्रतितोला रु २ लाख ८७ हजार १०० र चाँदी रु ४ हजार ५९० मा कारोबार भएको थियो। त्यसअघि सोमबार सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार ७०० तथा चाँदीको मूल्य रु ४ हजार ७३० रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ६४ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६१ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया