आजदेखि नयाँ आर्थिक वर्ष ८३/८४ सुरु, बढ्यो कर्मचारीको तलब, शिक्षा, स्वास्थ्य र विद्युतमा कर थपियो

bmn.news

काठमाडौं : आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ औपचारिक रूपमा सुरु भएको छ। २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट कार्यान्वयनमा आएको छ।

बजेटअनुसार सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत मासिक प्रोत्साहन भत्ता लागू गरिएको छ। सरकारले यसबाट कर्मचारीको खुद आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने जनाएको छ। नयाँ व्यवस्थाअनुसार न्यूनतम मासिक तलब ४० हजार र अधिकतम एक लाख रुपैयाँ कायम गरिएको छ।

बजेटमा आयकर छुट सीमा १० लाख रुपैयाँ, कर्मचारी तलब २१ प्रतिशतसम्म वृद्धि, डिजिटल भुक्तानीमा भ्याटको १० प्रतिशत फिर्ता, राइड सेयरिङमा PAN अनिवार्य तथा निजी विद्यालय र स्वास्थ्य संस्थामा ३ प्रतिशत समता शुल्कको व्यवस्था गरिएको छ।

प्रतिक्रिया