काठमाडौँ । राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने तय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा मुलुकमा विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिकाको बारेमा छलफल हुनेछ । यस्तै तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेकाहरूको रिहाइको बारेमा समेत छलफल हुने उनको भनाइ छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुने घटनाको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने र पक्राउ परेकाहरूको रिहाइ गर्नुपर्ने यसअघि नै धारणा सार्वजनिक गरिसकेका छन् ।
२५ चैत २०८१, सोमबार ०४:४४ मा प्रकाशित