पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा छलफल हुँदै
२० फाल्गुण २०८१, सोमबार
काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।