सुनचाँदीको मूल्य वृद्धि ,प्रतितोला सुन दुई लाख ८४ हजार रुपैयाँमा कारोबार

bmn.news

काठमाडौँ:- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार २४० रुपैयाँ पुगेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ३१ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

स्थानीय बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा माग–आपूर्तिलगायतका कारण प्रभावित हुने गरेको छ।

प्रतिक्रिया