काठमाण्डाै । मोरङका एमाले नेता अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत मोरङले पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
पोखरेलले एमबीबीएस पढाउन नाम निकालिदिने भन्दै ३० लाख ८० हजार रुपैयाँ असुल गरेको आरोप छ । पोखरेल सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव थिए ।
पैसा लिएको घटना सार्वजनिक भएपछि सभापति पोखरेलले स्वकीय सचिवबाट हटाउनुभएको थियो । पोखरेलले आफ्नो पहुँच भएको भन्दै अग्निसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर ५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबीबीएस डाक्टर पढाउने आश्वासन दिएको आरोप छ ।
२४ पुस २०८१, मङ्गलबार ०३:४२ मा प्रकाशित