भारतको केआईआईटीका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा पढ्न पाउने

काठमाण्डौ  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।

त्रिविका शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीले निकाल्नुभएको विज्ञप्तिमा भारतको केआईआईटी विश्वविद्यालयमा सिर्जना भएको समस्याको कारणले स्वदेशमा फिर्ता भएका विद्यार्थीलाई त्रिविको ‘क्रेडिट ट्रान्सफर’ नीतिअनुसार भर्ना हुने व्यवस्था गरिएको जानकारी गराउनुभएको छ ।

त्रिविले विद्यार्थी तथा अभिभावकलाई rectoroffice@tu.edu.np / rector@tu.edu.np मा सम्पर्क गर्न आग्रह गरेको छ । केआईआईटीको छात्रावासमा प्रकृति लम्सालको रहस्यम तरिकाले ज्यान गएपछि उत्पन्न असुरक्षाका कारण केही नेपाली विद्यार्थी बीचमा नै पढाइ छाडेर नेपाल फर्किएका छन् । 


प्रतिक्रिया