‘पोखरा गोल्डकप’को दोश्रो क्वाटरफाइनलमा आज थ्री स्टार र मछिन्द्र खेल्दै

काठमण्डौ  पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो क्वाटरफाइनलमा आज थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच खेल हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो २ बज शुरु हुनेछ ।

हिजो भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइज क्लब युकेलाई  हराउँदै सेमिफाइनलमा पुगेको छ ।

२४ औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया