प्रचण्डसँग ओलीको टेलिफोन संवाद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा संवाद गरेका छन् ।

सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलको नेतासँग संवाद गरेको जानकारी दिएका हुन ।बर्तौलाका अनुुसार प्रधानमन्त्री ओलीले संसद् अवरोध खुलाउने विषयमा प्रचण्डसँग टेलिफोन संवाद गरेका हुन् ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनीहरूको अडान छ । प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना संसद सचिवालयमा पठाएका छन् । यो सँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह सत्तापक्षको छ ।

प्रतिक्रिया