दक्षिण कोरिया लगातार ११औं पटक फिफा विश्वकपमा छनोट

काठमाडौं । एसियाली राष्ट्र दक्षिण कोरिया लगातार ११औं पटक फिफा विश्वकपमा छनोट भएको छ ।

एसियाली तेस्रो चरणको छनोटमा गएराती इराकलाई २-० ले पराजित गरेपछि दषिण कोरियाले अर्को वर्ष उत्तर अमेरिकाको अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो ।

कोरियाको जितमा किम जिन ग्युले ६३औं र ओए हाएन ग्युले ८२औ मिनेटमा गोल गरे । जितपछि समूह बी मा रहेको कोरियाले ९ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा छ । कोरियाले कुवेतसँग अन्तिम खेल खेल्न बाँकी छ र उक्त खेल हारेपनि कोरिया शीर्ष दुईमा रहने पक्का छ ।

एसियाली क्षेत्रको तेस्रो चरणको छनोटमा १८ टोलीलाई तीन समूहमा विभाजन गरेर खेलाइएको छ । जसमा हरेक समूहको शीर्ष दुईमा रहने टोलीले २०२६ को फिफा विश्वकपमा छनोट हुनेछन् । सन् १९८६ यता कोरिया लगातार विश्वकपमा छनोट भएको छ ।

प्रतिक्रिया