काठमाडौँ:- संघीय संसदमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण रोकिएको छ। इन्टरनेटमा समस्या आएपछि नियमित रूपमा युट्युबमार्फत हुँदै आएको बैठकको बैठकको प्रत्यक्ष प्रसारण राेकिएकाे हाे।
इन्टरनेट सेवा पुनः सञ्चालनमा आएपछि प्रत्यक्ष प्रसारण पनि पुनः सुरु हुने संसद सचिवालयले जनाएको छ। सरकारले प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकबाट विभिन्न चारवटा महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी गरेकाे छ।
यसबीच, प्रतिनिधिसभाको बिहीबारको बैठकबाट सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), सहकारी तथा स्वास्थ्यसँग सम्बन्धित चार महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी गरिएको छ।
१९ असार २०८३, बिहिबार १२:५० मा प्रकाशित