काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन जाने भएका छन् । प्रधानमन्त्री आउँदो असार १४ गते चार दिने भ्रमणका लागि स्पेन प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारी अनुसार संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् ।
उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहनेछ ।
२३ जेठ २०८२, बुधबार ०२:१६ मा प्रकाशित