सर्वोच्चको आदेशसँगै रविन्द्र मिश्र रिहा

काठमाण्डौ  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र हाजिरी जमानीमा रिहा हुनुभएको छ ।

गएको चैत १५ मा तीनकुनेको हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ गरेर प्रहरीले मिश्रमाथि सङ्गठित अपराध, राज्य द्रोह र आपराधिक उपद्रवका तीन कसूरमा अनुसन्धान गरेको थियो ।

आठ पटक म्याद थप्दा पनि हिरासत लम्ब्याउने सरकारी प्रयास भएको भन्दै मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।

हिजो सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मिश्रलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दियो । सर्वोच्चको आदेशसँगै मिश्र हाजिरी जमानीमा रिहा हुनुभएको हो ।

प्रतिक्रिया