काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा ६ बजे न्यूक्यासल र टोटनहम खेल्दैछन् ।
त्यस्तै राति पौने ९ बजे पाँच खेल हुनेछन् । यो समयमा बर्नमाउथ र एभर्टन, एस्टनभिल्ला र लेस्टरसिटी, क्रिस्टल प्यालेस र चेल्सी, साउथह्याम्पटन र ब्रेन्टफोर्ड तथा म्यानचेस्टर सिटी र वेस्टह्यामबीच खेल हुनेछ । त्यस्तै राति सवा ११ बजे ब्राइटन र आर्सनलबीच खेल हुनेछ ।
अङ्कतालिकामा आर्सनल १९ खेलमा ३९ अङ्कका साथ दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको १८ खेलमा ४५ अङ्क छ ।
२१ पुस २०८१, शनिवार ०६:२६ मा प्रकाशित