गाडीको ठक्करबाट पाल्पामा पैदल यात्रीको मृत्यु

काठमाण्डौ  पाल्पामा फोर्स गाडीले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-११ सामाकोटकी ४६ वर्षीया सिता गहराज रहेको प्रहरीले जनाएको छ।

बुटवलबाट गुल्मीतर्फजाँदै गरेको लु२ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट घाइते भएकी गहतराजको उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तानसेन रिडी सडक खण्डको सामाकोट नजिकै हिँडिरहेको अवस्थामा गाडीले ठक्कर दिएपछि घाइते गहतराजलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको थियो ।

ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिए ।


प्रतिक्रिया