रामेछाप:- रामेछापमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, रामेछाप तदर्थ समितिको आयोजनामा प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम भव्य तयारी हुदैँछ। कार्यक्रम असार २७ गते शनिबार मन्थली नगरपालिका–१ स्थित तिनलाल पार्कमा आयोजना गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा देश तथा विदेशका चर्चित लोक तथा दोहोरी कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने बताइएको छ। लोकसंगीतको संरक्षण, प्रवर्द्धन तथा कलाकारहरूको सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको रामेछाप तदर्थ समितिको संयोजक कल्पना सुनुवारले बताउनुभयो।
कार्यक्रममा प्रजापति पराजुली, दुर्गा रायमाझी, बद्री पंगेनी, रिता थापा मगर, पशुपति शर्मा, सुवास केसी, दिपक खड्का, राधिका हमाल, सीता थापा, कृष्ण रेउले, शिव हमाल, जुना शिरीष,देवी घर्ती,दिनेश काफ्ले,रामकुमार नेपाली,उषा सुवेदी,भरत बराकोटी, कुमार पुन लगायत कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
आयोजकले कार्यक्रमलाई सफल बनाउन जिल्लावासी तथा छिमेकि जिल्लावासी सम्पूर्ण लोकसंगीतप्रेमीलाई उपस्थितिका लागि आग्रह गरेको छ।