नागरिकका पीर मर्का बुझ्न देश दौडाहामा छु : प्रचण्ड

काठमाण्डौ  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नागरिकका पीरमर्का बुझ्न देश दौडाहामा गइरहेको बताउनुभएको छ । आफू नागरिकमाझ जाँदा माओवादीप्रति उनीहरुको धारणा सकारात्मक रहेको प्रचण्डको दाबी छ ।

प्रेस सेन्टर दाङले आज घोराहीमा गरेको पत्रकार भेटमा उहाँले यो सरकार आउँदो चुनावसम्म सत्तामा रहेमा नेकपा माओवादी केन्द्रलाई नै फाइदा हुने बताउनुभयो । ‘नागरिकले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौँ’, प्रचण्डले भन्नुभयो ।

सत्तारुढ राजनीतिक दलहरुमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्च्याएर अगाडि बढ्ने उहाँले जोड दिनुभयो । प्रचण्डले आउँदो चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

प्रतिक्रिया