काठमाण्डौ । चारदेशीय टी–२० शृङ्खलामा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको छ । हङकङको मङ कोकमा रहेको मिसन ग्राउन्ड रोडमा भएको आजको खेलमा कुवेतले ७ विकेट गुमाएर १८५ रन बनायो ।
कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भवसरले ३५ र बिलाल तहिरले ३२ रन जोडे । नेपालका सोमपाल कामीले तीन विकेट लिए । नन्दन यादवले दुई तथा ललित राजवंशी र कुशल भूर्तेलले समान एक विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा हिजो कतारलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले अन्तिम खेल पर्सि शनिवार हङकङसँग खेल्नेछ । त्यसपछि चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ । शृङ्खलामा नेपाल, हङकङ, कतार र कुवेत सहभागी छन् ।
२८ चैत २०८१, बिहिबार ०२:५९ मा प्रकाशित