समाजवादी मोर्चाको बैठक सुरु

काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा यो मोर्चा निष्क्रिय थियो । उनी सत्ताबाट बाहिरिएपछि भने पुन: सक्रिय हुन लागेको हो ।

२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा छैन ।

समाजवादी मोर्चाको बैठकअघि बिहान सिंहदरबारमा प्रतिपक्षी दलका नेताहरुको बैठक बसेको थियो । उक्त बैठकमा मोर्चामा सहभागी माओवादी र एकीकृत समाजवादीका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया