ईपीएल फुटबलमा नटिङ्घम फरेस्ट , आर्सनल र वुल्भ्स विजयी

काठमाण्डौ  इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा नटिङ्घम फरेस्ट, आर्सनल र वुल्भ्स विजयी भएका छन् ।

गएराति भएको खेलमा नटिङ्घम फरेस्टले  म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । यस्तै आर्सनलले फुलहामलाई २–१ गोलले हराएको छ ।

अर्को खेलमा वेस्ट ह्याम वुल्भ्ससँग १–० ले पराजित भएको छ । ईपीएलमा लिभरपुल ७० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । यस्तै आर्सनल ६१ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ५७ अङ्कसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया