काठमाडौँ; स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार ९०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर दुई लाख ९२ हजार ८०० पुगेको छ ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० ले बढेको छ । आइतबार प्रतितोला पाँच हजार १० मा कारोबार भएको चाँदी आजका लागि पाँच हजार १५० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।
१२ जेठ २०८३, सोमबार ०१:३२ मा प्रकाशित