सरकारले फरक विचार भएकै आधारमा दमन गरिरहेकाे छ : अध्यक्ष लिङ्देन

काठमाण्डाै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले फरक विचार भएकै आधारमा दमन गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले फरक विचारकै आधारमा राजसंस्था र हिन्दू राष्ट्र पक्षधरमाथि दमन भइरहेको बताउनुभयो । उहाँले देशमा सुशासनको माग गर्नेहरूलाई सरकारले दमन नै गरिराख्ने हो भने खुलेर विद्रोहमा जाऊ, जङ्गल पस भन्न सक्नुपर्ने चुनौती दिनुभयो । उहाँले सरकारले मानव अधिकार र संविधानले व्यवस्था गरेको सुविधाका विरुद्धमा क्रियाकलाप गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

लिङ्देनले थुनामा रहेका राप्रपाका नेता, कार्यकर्तालाई विना शर्त रिहा गर्नसमेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया