युक्रेनमा रुसी आक्रमणबाट १३ जनाको ज्यान गयो

काठमाडौं । युक्रेनमा रुसले गरेको आक्रमणबाट १३ जनाको ज्यान गएको छ । दक्षिणी युक्रेनी शहर जापोरिझियाका अधिकारीहरूका अनुसार रुसी गोलाबारीमा अरु ३२ जना घाइते भएका छन् ।

रुसले आवासीय भवनहरूमा हवाई आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । आक्रमणपछि सार्वजनिक भएको भिडियोमा एउटा भवनमा आगो लागेको र केही गाडी जलेको देख्न सकिन्छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूलाई रुसको आतङ्कवादविरुद्ध दबाब दिन अपील गर्नुभएको छ । रुसी सेनाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यसअघि पनि रुसले दुई वटा औधोगिक एकाइलाई निशाना बनाएको खबरमा उल्लेख छ । 

प्रतिक्रिया