मन्त्रालय घटे, मन्त्री घटेनन् ; बागमती सरकारको नयाँ संरचना सुधार’ कि पद बाँडफाँड?

bmn.news

मन्त्रालय १४ बाट झारियो ८ मा, मन्त्री भने १४ नै कायम

खर्च कटौतीको नाराबीच बढ्यो राजनीतिक व्यवस्थापनको प्रश्न

नयाँ संरचनामाथि उठ्यो जवाफदेहिताको बहस

काठमाडौं : बागमती प्रदेश सरकारले प्रशासनिक खर्च कटौती र संरचना चुस्त बनाउने भन्दै मन्त्रालयको संख्या १४ बाट घटाएर ८ कायम गरेको छ। तर मन्त्रालय घटाइए पनि मन्त्रीको संख्या भने १४ नै रहने भएपछि सरकारको निर्णयमाथि प्रश्न उठ्न थालेको छ।

गत २२ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ मन्त्रालयको नयाँ संरचना आजदेखि लागू भएको हो। सरकारले मन्त्रालय घटाएर खर्च व्यवस्थापन गर्ने दाबी गरे पनि मन्त्री संख्या यथावत् राख्दा सुधारको उद्देश्य प्रभावकारी हुनेमा आशंका व्यक्त गरिएको छ। 

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अब मन्त्रालयअनुसार कार्यविभाजन गर्ने तयारी गरेका छन्। सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार प्रदेशका ६ मन्त्रीको जिम्मेवारी व्यवस्थापनसहित नयाँ कार्यविभाजन गरिनेछ।

 

 

प्रतिक्रिया