काठमाडौँ । राप्रपा नेपालले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । अध्यक्ष कमल थापाले मंगलबार दिउँसो १:३० बजेका लागि पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको महामन्त्री एवम् सचिवालय प्रमुख राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा गम्भीर छलफल हुनेछ । यसैगरी वर्तमान व्यवस्थालाई चुनौती दिँदै आएको राप्रपा नेपालले त्यसका लागि आन्दोलनको स्वरूप र भावी रणनीति निर्माणले गर्ने बर्तौलाको भनाइ छ ।
४ चैत २०८१, सोमबार ०८:०३ मा प्रकाशित