काठमाण्डाै । संघीय हिन्दु लोकतन्त्र र समतामुलक समाज निर्माण गर्ने प्रमुख एजेन्डासहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा आइतबार आयोजित कार्यक्रममा उक्त पार्टी घोषणा गरिएको हो ।
सो पार्टीको अध्यक्षमा विजय प्रकाश निषाद रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा विशाल झा, महासचिव डा.अभिषेक तिवारी र प्रवक्ता अधिवक्ता रणवीर कुशवाहा रहेको जानकारी गराइएको छ । त्यस्तै केन्द्रीय प्रशिक्षण विभाग प्रमुख पं.श्रीनन्दन भारद्वाज, मधेस प्रदेश अध्यक्ष विवेक शाह कानु, केन्द्रीय सदस्यहरू, उमेश सराफलगायत रहेका छन् ।
पार्टी घोषणा कार्यक्रममा साधु सन्तहरुको समेत उपस्थिति रहेको थियो । पार्टी घोषणाअघि बृहत शोभा यात्रा निकालिएको थियो ।
२९ पुस २०८१, आईतबार ०९:५० मा प्रकाशित