सिन्धुलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डाै सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-२ जखौलीस्थित सडकमा ना.३ च ५९७६  नम्बरको बोलेरो अनियन्त्रित भई आइतबार  बेलुकी दुर्घटना भएको छ । दुर्घटनामा बोलेरोमा सवार सोही ठाउँ बस्ने २० वर्षीय कैलाश राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौँडामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार २ जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको छ ।

प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • २२ पुस २०८१, सोमबार


प्रतिक्रिया