काठमाडौ । सशस्त्र प्रहरी बलले काठमाडौको गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीबाट बिहीबार ‘पोलाइन्ड’ नामक लागुऔषध जस्तो पदार्थसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
एपीएफ इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा स्थानीय एक होटलबाट प्लास्टिकमा प्याक गरिएको अवस्थामा पाँच किलोग्राम पोलाइन्डसहित उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
अनुसन्धानकै क्रममा रहेकाले सशस्त्र प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकलसमेत बरामद गरेको छ ।
३ फाल्गुण २०८१, शुक्रबार ०१:५४ मा प्रकाशित