इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई खेल हुँदै

काठमाण्डौ  इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा बिहान ११ बजे आयोजक नेपाल पुलिस क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र खेल्दैछन् ।

यसअघि गएको शनिवार भएको खेलमा पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लबलाई हराएको थियो । गएको बिहिवार भएको खेलमा भने रुकुम पश्चिम मणिमुकुन्द भलिबल क्लबसँग पराजित भएको थियो । यसैबीच आजै हुने दोस्रो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र एपीएफ खेल्दै छन ।

गएको बुधवारदेखि शुरू भएको प्रतियोगिता पर्सि बुधवारसम्म चल्नेछ । भोलि सेमिफाइनलका खेल हुनेछन् । 

  • २२ पुस २०८१, सोमबार

प्रतिक्रिया