हलेसी बजारमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । खोटाङको हलेसी बजारमा आइतबार साँझ लागेको आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आगलागी नियन्त्रणमा लिएको हो । 

तीनवटै सुरक्षा निकाय, स्थानीय तथा नेपाली सेनाको रणभीम गणबाट खटिएको फायर फाइटिङ टोलीले आगलागी नियन्त्रणमा लिएको हो । हलेसी दुवाचुङ नगरपालिका–७, हलेसीबजारमा आगलागी हुँदा स्थानीय पदम राईको घर जलेर पूर्ण रूपमा क्षति भएको छ । 

हार्डवेयरसँगै ग्यास पसल राखेका पदमको घरबाट  सुरु भएको आगोले अन्य घरमा समेत क्षति गरेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए ।खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको थियो ।

प्रतिक्रिया