सीमा विवादबारे रास्वपाको धारणा माग्दै हर्क साम्पाङको रबि लामिछानेलाई खुला पत्र

bmn.news

काठमाडौं: नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस चर्किरहेका बेला हर्क साम्पाङले रवि लामिछानेलाई खुला पत्र लेख्दै स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

शनिबार सार्वजनिक गरिएको पत्रमा साम्पाङले संसदमा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक दृष्टिकोण सार्वजनिक हुनुपर्ने बताएका छन्। राष्ट्रिय हित र सीमासँग जोडिएका विषय संवेदनशील भएकाले राजनीतिक दलहरूले आफ्नो स्पष्ट धारणा राख्नुपर्ने उनको भनाइ छ।

साम्पाङले विशेष गरी सीमा विवादबारे उठेका प्रश्नहरूमा रास्वपाले जनतालाई स्पष्ट सन्देश दिनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले यस विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री साहको अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म मिश्रित प्रतिक्रिया देखिएको छ। सीमा र राष्ट्रिय स्वार्थसँग जोडिएको विषय भएकाले यसबारे थप स्पष्टता र बहस आवश्यक रहेको धारणा व्यक्त भइरहेको छ।

प्रतिक्रिया