गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, १४ जना घाइते

काठमाडौं । गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

मनकामना मन्दिरको दर्शन गरेर फर्कँदै गरेको 'अनटेस्ट' लेखिएको विद्युतीय माइक्रोबस शहीद लखन गाउँपालिका–३ को कान्टारमा आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

दुर्घटनामा चितवनको खैरहनी गाउँपालिका–२ घर भएका ३७ वर्षीय पदमबहादुर दर्जीको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा ज्यान गएको डीएसपी सुवेदीले बताउनुभयो । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया