इङ्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हरायो

काठमाण्डौ  इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हराएको छ ।

गएराति भएको खेलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई २–१ ले पराजित गरेको हो । जीतसँगै तेस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टको ६० अङ्क भएको छ । टोटनह्याम भने ३७ अङ्कसहित १६औं स्थानमा छ ।

प्रिमियर लिगमा शीर्ष स्थानको लिभुरपुलको ७९ अङ्क रहेको छ । ६६ अङ्कसहित आर्सनल दोस्रो स्थानमा छ । 

प्रतिक्रिया