आर्मीलाई हराउँदै एपीएफ एन्फा महिला लिगको फाइनलमा

काठमाण्डौ  त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो क्वालिफायरमा एपीएफले आर्मीलाई २–१ गोलले हरायो । एपीएफकी रश्मी घिसिङले दुई गोल गरिन् । आर्मीकी हिमा चौधरीले एक गोल गरिन् ।

अब आर्मीले दोस्रो क्वालिफायरमा पर्सि सोमबार पुलिससँग खेल्नेछ । फाइनल खेल बुधवार हुनेछ ।

प्रतिक्रिया