काठमाण्डाै । मधेश प्रदेश सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय गरेको छ । प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयका उपसचिव गणेश नायकले सूचना निकालेर भाेलि वैशाख २३ गते मङ्गलवार जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउनुभएको हो । याे निर्णयानुसार भाेलि मधेश प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
२४ बैशाख २०८२, मङ्गलबार १२:०६ मा प्रकाशित