काठमाण्डाै । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई फराकिलाे अन्तरले हराएकाे छ । आज भएकाे खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७५ रनले हरायो ।
सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर १ बलमा ५२ रनमा अलआउट भयो । लुम्बिनीकी सरस्वती पुनले १४ रन बनाइन् । सुदूरपश्चिमकी रेवती धामीले ३ विकेट लिइन् ।
यसअघि धनगढीकाे फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रन बनायो । सुदूरपश्चिमकी कविता कुँवरले ५५ रन बनाइन् । लुम्बिनीकी सरस्वती पुनले ३ विकेट लिइन् ।
प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जीत हो । लुम्बिनीले पहिलो खेलमा हार बेहोरेको हो ।
समूह A मा सुदूरपश्चिम, गण्डकी, आर्मी, कर्णाली र लुम्बिनी प्रदेश छन् । समूह B मा बाग्मती, कोशी, मधेश र आर्मी छन् । प्रतियोगिताको फाइनल खेल यही माघ १२ गते शनिवार हुनेछ ।