तीनकुनेमा राजावादीको सभा बिथोलियो

काठमाडौं । राजावादीको तीनकुनेको प्रदर्शन बिथोलिएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहार हुँदा सम्बोधनको कार्यक्रमसमेत प्रभावित भएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरू विक्रम पाण्डे, प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा पुगेका थिए । तर उनीहरूसमेत कार्यक्रमस्थल छाडेर हिँडेका छन् । प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ । अश्रुग्यासको साथमा पानीको फोहरा समेत प्रहार भइरहेको छ ।

प्रतिक्रिया