काठमाण्डाै । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित हुनुभएको छ ।
काठमाण्डौमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट भट्टराई अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँले आठ सय दुई मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेत्र चापागाईंले ७१ मत प्राप्त गर्नुभएको छ । भट्टराई यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।
नयाँ शक्तिले ११ सदस्यीय पदाधिकारी, ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
३ फाल्गुण २०८१, शुक्रबार ०१:४१ मा प्रकाशित