काठमाण्डाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको अवसरमा आज काठमाण्डाैमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले हजारौं शिक्षकहरू सडकमा हुँदा पनि सरकार समस्याको समाधानप्रति गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले वार्ता र संवादबाट समस्याको समाधान खोज्न पनि सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयाे, ‘हजारौं/लाखौं शिक्षकहरू सडकमा छन्, ती शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउनेबाहेक केही पनि गर्नुभएको छैन । शिक्षकहरूको समस्यालाई हल्का रूपमा नलिइयोस् ।’
११ बैशाख २०८२, बुधबार ०१:०८ मा प्रकाशित