आरआर क्याम्पसमा आज हुने भनिएको स्ववियु चुनाव स्थगित

काठमाण्डौ  काठमाण्डौको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा आज हुने भनिएको स्ववियु चुनाव स्थगित भएको छ ।

हिजो राजावादीहरूको प्रदर्शनपछि भयावह अवस्था र्सिजना भएकाले असुरक्षा र कर्फ्यूका कारण चुनाव गर्न सकिने अवस्था नरहेको भन्दै स्थगित गरिएको हो ।

यथाशीघ्र सर्वदलीय बैठक राखेर चुनावको मिति तय गरिने क्याम्पस प्रमुख डा.पद्मकुमार अधिकारी जानकारी दिनु भएको छ । यसअघि पनि पटक –पटक स्ववियु चुनाव स्थगित हुँदै आएको छ । चैत ५ गतेको चुनाव अन्तिम समयमा आएर स्थगित भएको थियो ।

त्यसपछि आजका लागि मिति तोकिएको थियो । आज पनि चुनाव हुन नसकेर स्थगित गरिएको सूचना निकालेर जनाइएको छ । 


प्रतिक्रिया