काठमाण्डाै । डुम्रे–बेँसीसहर खण्डअन्तर्गत तनहुँको भानु नगरपालिका वडा नम्बर १० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
स्कुटरमा रहेकी लमजुङकाे बेँसीसहर बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठको घटनास्थलमै र माइक्रोबसमा रहेका मनाङकाे नासोङ गाउँपालिका–८ का ४० वर्षीय मन घलेको उपचारका क्रममा एचडीसीएस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा ज्यान गएकाे हाे ।
दुर्घटनामा स्कुटर चालक सुरेश श्रेष्ठ गम्भीर घाइते हुनुभएकाे र उहाँलाई उपचारका लागि सीएमसी हस्पिटल चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
काठमाण्डाैबाट बेसीशहरतर्फ गुडिरहेकाे बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेसीशहरबाट डुम्रेतर्फ गुडिरहेकाे ग २६ प ४०५८ नम्बरको स्कुटर ठाेक्किएका हुन् ।
८ बैशाख २०८२, आईतबार ०९:३८ मा प्रकाशित