इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र न्युक्यासल विजयी

काठमाण्डौ  इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुलले चौथो स्थानको म्यानचेस्टर सिटीलाई २–० ले हराएको हो ।

यस्तै हिजै भएको अर्को खेलमा पाँचौँ स्थानको न्युक्यासलले तेस्रो स्थानको नटिङ्घम फरेस्टलाई ४–३ गोल अन्तरले हराएको छ ।

ईपीएलमा ६४ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा ५३ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ । यस्तै तेस्रो स्थानको नटिङ्घम फरेस्टको ४७ अङ्क छ । 

प्रतिक्रिया