म्याग्दी: छोरी जन्मप्रति सकारात्मक सोच विकास गर्दै लैङ्गिक समानतालाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले विशेष प्रोत्साहन कार्यक्रम घोषणा गरेको छ।
गाउँपालिकाले २०८२ साल साउनपछि जन्मिने प्रत्येक छोरीका परिवारलाई १२ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो। उक्त रकम छोरीहरूको शिक्षा, सशक्तीकरण तथा भविष्य निर्माणमा सहयोग पुग्ने उद्देश्यले उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
स्थानीय तहको यो पहलले छोरी जन्मप्रतिको विभेद न्यूनीकरण गर्न र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
छोरीलाई सम्मान, अवसर र प्रोत्साहनसँग जोड्ने यो कार्यक्रम स्थानीयस्तरमा प्रशंसित बनेको छ भने सामाजिक सञ्जालमा समेत यसको चर्चा भइरहेको छ।
३२ जेठ २०८३, आईतबार ११:२२ मा प्रकाशित